गलवान मुठभेडमा आफ्ना चार सेना मारिएको चिनियाँ सेनाको स्विकारोक्ति 

भारतसँग गत वर्ष गलवान उपत्यकामा भएको भिड्न्तमा आफ्नो चार सैनिक मरेको चिनियाँ सेनाले स्विकार गरेको छ।

चिनियाँ सेनाको मुखपत्र पीएलए डेलीमा शुक्रबार प्रकाशित एक रिपोर्टमा चीनले यो कुरा स्विकार गरेको हो। चीनको केन्द्रीय सैन्य आयोग (सीएमसी)ले गलवान मुठभेडमा चार चिनियाँ सेना मरेको बताएको हो। घटनाबारे भारतले पटकपटक आफ्नो भनाई राखे पनि चिनियाँ पक्ष चुप बसेको थियो। 

भारतीय सेनासँगको झडपमा एक सैन्य कमाण्डका रेजिमेन्टल कमाण्डरको पनि मृत्युभएको उल्लेख छ। ग्लोबल टाइम्सले पीएलए डेलीको स्रोतलाई उल्लेख गर्दै आफ्ना चार सेनाको मृत्यु भएको बताएको छ। 

चिनियाँ सेनाले झडपमा मारिएका कमाण्डरलाई सीमाको रक्षा गर्ने हिरो रेजिमेन्टल कमाण्डरको उपाधि दिएको छ। सीमा क्षेत्रको मुठभेडमा मारिएका अन्य तीन सैन्य अधिकारीलाई फस्र्ट–क्लास मेरिट बताएको छ। 

चीन सरकारले आधिकारिक रुपमा आफ्नो सेनाको मृत्यु स्वीकार गरेको, यो पहिलो पटक हो। यसअघि संचारमाध्यममा गलवानबारे सेना मारिएका समाचार आए पनि पुष्टि भएको थिएन। 

गत फेब्रवरी १० मा रसियन समाचार एजेन्सी टीएएसएसले चीन–भारत गलवान झडपमा चिनियाँ ४५ सेना मारिएको दाबी छ। यदपि यसको अहिलेसम्म पुष्टि भने भएको छैन। 

भारतीय सेनाको उत्तरी कमाण्डर जनरल वाईके जोशीले गत फेब्रवरीको मिडिया सम्मेलनमा उनले समेत ४५ जना चिनियाँ सेना मारिएको बताएका थिए। उक्त हिंसात्मक झडपमा भने भारतीय २० सेनाले ज्यान गुमाएका थिए। 

चिनियाँ आर्मीले शुक्रबार पहिलोपटक आधिकारिक रुपमा आफ्ना सेनाहरूको मृत्यु स्वीकारेको छ। सन् २०२० १५ जुन ताका पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच हिंसात्मक झडप भएको थियो।

४ दशक पछि चीन–भारत सीमा क्षेत्र गलवान उपत्यकामा हिंसात्मक झडप भएको थियो।

प्रकाशित मिति: : 2021-02-20 08:03:00

प्रतिकृया दिनुहोस्