भनिन्छ, विकास गाडी चढेर आउँछ। गाडी चल्नका लागि पहिलो सर्त हो, सडक। साविक कर्णाली अञ्चलको सदरमुकाम जुम्ला लामो प्रयासपछि २०६४ सालमा केन्द्रीय सडक सञ्जालसँग जोडियो।
त्यसयता जुन रुपमा कर्णालीमा सडक सञ्जाल विस्तार हुनुपर्थ्यो, भौगोलिक विकटता र बजेट अभावले हुन सकेन।
विगतमा सडक निर्माणको काम गैतीबेल्चा प्रयोग गरेर हुन्थ्यो। तर अहिले प्रविधिको विकाससँगै विकास निर्माणको काममा मेसिनको प्रयोग व्यापक भएको छ।