कञ्चनपुरमा दश कैदीबन्दीको सजाय मिनाहा

Purwanchal Daily

प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागारका ३९३ कैदीबन्दीमध्ये १० जनाको कैद सजाय मिनाहा गरिएको छ। 

आचरण सुधारका आधारमा कैदी बन्दीको कैद सजाय मिनाहा गरिएको  कारागार प्रमुख मायाकुमारी बस्नेतले जानकारी दिए। 

'सवारी ज्यान, बहुविवाह मुद्दामा कारागार जीवन बिताइरहेका १३ कैदीबन्दीको कैद मिनाहाका लागि कारागार विभागमा सिफारिस गरेर पठाइएकामा १० कैदीबन्दीको सजाय मिनाहा गरिएको हो' उनले भने।  

प्रकाशित मिति: : 2021-02-19 21:34:00

प्रतिकृया दिनुहोस्