२००७ सालको जनक्रान्तिमा

सञ्‍जय मित्र

पृथ्वीनारायण शाहले कैयौं साना राज्यलाई मिलाएर एकीकरण गरेको वा एकीकरणको प्रक्रियाको थालनी गरेको घटना नेपालको इतिहासमा सर्वाधिक महत्त्वपूर्ण हो। यस घटनाले एउटा पूर्ण देशको निर्माण हुन सक्यो। त्यसपछिको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटना भनेको २००७ को जनक्रान्ति हो। 

यसलाई देशको राजनीतिक इतिहासले पहिले जनआन्दोलन र अन्य अनेक नामले चिन्‍ने गर्छ। यसै कारण पनि नेपालको आधुनिक इतिहासमा सबैभन्दा महत्त्वपूर्ण वर्षको रूपमा २००७ साललाई कतिपय इतिहासकार तथा राजनीतिक विद्वानहरूले लिने गरेका छन्। यो यस्तो वर्ष हो जहाँ एकातिर जहाँनियाँ राणाशासनको कालरात्रिलाई जनताले चुनौती दिएका थिए भने राजालेसमेत जनताको क्रान्तिप्रति प्रत्यक्ष समर्थन जनाएका थिए। 

नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्तिमार्फत् देशमा प्रजातन्त्रको जग बसाल्न नेपाली जनता तयार भएका थिए। नेपाली कांग्रेसले कात्तिक २६ गतेदेखि प्रजातन्त्र प्राप्त नहुञ्जेलसम्मका लागि जुन अनिश्चितकालीन आन्दोलनको आह्वान गरेको थियो, त्यसमा देशको राजधानीदेखि जिल्लाका सदरमुकाम र ग्रामीण क्षेत्रहरूसमेत राणाविरुद्ध आन्दोलित भएका थिए। र, आन्दोलनमा जनताको जित भएको थियो। राणाशासन पराजित भएको थियो।

प्रकाशित मिति: : 2021-02-19 16:33:00

प्रतिकृया दिनुहोस्