घोराही-होलेरी शहीद मार्गको हविगत सुधारको माग गर्दै संघर्ष समिति गठन

चरणबद्ध आन्दोलनको तयारी 

tulsipuronline.com
tulsipuronline.com

घोराही होलेरी शहीद मार्गको हविगत सुधारको माग गर्दै रोल्पामा संघर्ष समिति गठन गरिएको छ।

रुन्टीगढी गाउँपालिका, घोराही उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र संघिय सरकार सगँ स्थानीयले जनताले बारम्बार सहिदमार्ग सुधारको लागी गुनासो गर्दा कुनै वास्ता नगरेपछि संघर्ष समिती गठन गर्नु परेको हो।

आर्थिक बर्ष २०७४ ७५ मा संघिय सरकारको ४६ करोडको लगानीमा कालोपत्रे गरिएको शहिदमार्ग डेढ बर्ष नबित्दै ध्वस्त बनेको हो। उक्त शहिदमार्ग लुम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लाका प्रवेशद्वार समेत रहेको र कुनै निकायले ध्यान नदिदा आफुहरु संघर्षमा उत्रिनु परेको स्थानिय अगुवा एबं समितिका सल्लाहकार देबेन्द्र बोहराले बताए।

स्थानीय अगुवा देबेन्द्र बोहरा, पत्रकारहरु एल.वी.मगर, सन्तोष शर्मा, केशवराज चन्द र स्थानिय युवा दिलबहादुर खड्का सल्लाहकार रहने गरी नन्दराम खड्काको संयोजकत्वमा १३ सदस्यीय  संघर्ष समिति गठन गरिएको थियो।

रोल्पाबाट सत्ताको अग्रस्थान धेरै नेताहरु पुगेपनि उनीहरुले आफ्नो जिल्लाको विकासलाई वास्ता नगर्दा संघर्षमा उत्रिनु पर्ने अबस्था आएको समितिका संयोजक नन्दराम खड्काले बताए।

यतिबेला रोल्पाकै नन्दकिशोर पुन देशको उपराष्ट्रपति छन्। अन्य थुप्रै नेताहरु २०६४ यता पटक पटक सरकारको जिम्मेवारी पदमा रहँदै आएका छन्। तर उनीहरुलाई यो विषयमा जानकार भएपनि थाहा नभए जस्तो गरीरहेको संघर्ष समितीका ंसंयोजक खड्काले बताए।

तत्काललाई १३ सदस्यीय समिति गठन गरिएको र यसमा ५० जनाको सदस्यीयतामा अभियन्ता सदस्य थप्ने तयारी रहेको उनले जानकारी दिए।सरकारले शहिद मार्गको हालत नफेर्दासम्म चरणबद्व रुपमा शसक्त आन्दोलनमा उत्रिने संयोजक खड्काको भनाई छ।

प्रकाशित मिति: : 2021-02-17 16:36:00

प्रतिकृया दिनुहोस्