भाजपाको योजना खुलासा, नेपालमा यही वेला साम्प्रदायिक गतिविधि : सुनियोजित हो कि संयोग ?

  • त्रिपुराका मुख्यमन्त्री विप्लव देवमार्फत सार्वजनिक भएको अमित शाहको भनाइ किन पनि गम्भीर छ भने भाजपाको विचारधारात्मक माउ संस्था हिन्दू स्वयंसेवक संघ (आरएसएस)ले नेपालमा अहिले आफ्ना कार्यक्रम तीव्र बनाएको छ ।
  • यता, कोभिड महामारीका वेला एउटा पनि भेन्टिलेटर किन्न कञ्जुस्याइँ गरेको तथा खोपका लागि चन्दा उठाइरहेको सरकारले अहिले पशुपतिको शिवलिंगमा भने एक सय ४१ किलो सुनको जलारी चढाउने निर्णय यही वेला गरेको छ । 

......

भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न चाहन्छन् ? त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै नेपालको विषयमा बोलेको विषयले धर्मनिरपेक्ष नेपाललाई चिन्तित बनाएको छ । 

विप्लव देवमार्फत सार्वजनिक भएको अमित शाहको भनाइ किन पनि गम्भीर छ भने भाजपाको विचारधारात्मक माउ संस्था हिन्दू स्वयंसेवक संघ (आरएसएस)ले नेपालमा अहिले आफ्ना कार्यक्रम तीव्र बनाएको छ । यता, कोभिड महामारीका वेला एउटा पनि भेन्टिलेटर किन्न कञ्जुस्याइँ गरेको तथा खोपका लागि चन्दा उठाइरहेको सरकारले अहिले पशुपतिको शिवलिंगमा भने एक सय ४१ किलो सुनको जलारी चढाउने निर्णय यही वेला गरेको छ । 

त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा भाजपाका तत्कालीन अध्यक्ष अमित शाह त्रिपुरा भ्रमणमा आउँदाको प्रसंग सार्वजनिक गरेका हुन् । उनले भने, ‘अमित शाह त्रिपुरा आउनुभएको थियो, हामी स्टेट गेस्टहाउसमा उहाँसँग कुरा गर्दै थियौँ । (भाजपा महासचिव) अजय जमवालले भारतका सबैजसो राज्यमा सरकार बनाएको प्रसंग उठाउनुभयो । जवाफमा अमित शाहले भन्नुभयो– श्रीलंका र नेपालमा सरकार बनाउन अझै बाँकी छ । हाम्रो पार्टीलाई श्रीलंका र नेपालमा विस्तार गर्नुपर्छ र त्यहाँ पनि सरकार बनाउनुपर्छ ।’

प्रकाशित मिति: : 2021-02-16 07:32:00

प्रतिकृया दिनुहोस्