निर्मला र भागरथीका हत्यारालाई पानीमुनि लुके पनि छाड्दैनौं: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी बैतडीकी युवती भागरथी भट्टको हत्यारा पानीमुनि गएपनि नछोडिने बताएका छन्। 

शनिबार बुटवलमा भएको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भागरथीका हत्यारालाई कुनै पनि हालतमा नछाड्ने बताए। 

‘निर्मला पन्त र भागरथी भट्टको हत्यारा पानीमुनि गएपनि छोडिने छैन। अनुसन्धान हुँदैछ, हत्यारा नजिकै पुगिएको छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले इट्टाभट्टामा जिउँदै जलाउने हत्यारालाई १४ वर्षपछि सरकारले जेलमा हालेको प्रसँग दोहर्याउँदै भने,‘हत्याराहरु सत्तामा होइन। जेलमा हुन्छन्।’ 

नेपाली कांग्रेसका सांसद अफताब आलमलाई इट्टाभट्टामा मानिसहरु जिउँदै जलाएको आरोपमा जेलको सजाय तोकिएको थियो। उनलाई कांग्रेसले मन्त्री पनि बनाएको थियो।

प्रकाशित मिति: : 2021-02-13 16:56:00

प्रतिकृया दिनुहोस्