शनिबार, २३ अगस्ट २०२५

नेपालबाट निर्यात हुन थाल्यो सुनबाट बनेका गहना, सबैभन्दा धेरै अमेरिकामा निकासी

देखापढी

देखापढी

काठमाडौँ
News Image
• • •

निकेश खत्री 

नेपालबाट विदेशतर्फ सुनबाट बनेका गरगहना निर्यात हुन थालेको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ बाट नेपालबाट सुनका गरगहना निकासी हुन थालेको छ।

सरकारले यही आर्थिक वर्षदेखि निर्यात/आयातका लागि चाहिने एचएस कोड उपलब्ध गराएपछि सुनका गहना निर्यात हुन थालेको हो। अघिल्लो आर्थिक वर्षहरूमा निकासी नै हुँदैन थियो।

तर यस आर्थिक वर्षको ६ महिनासम्ममा नेपालबाट १२ करोड ३६ लाख रूपैयाँ बराबरको निकासी भएको छ।

यसमध्ये १० करोड ६३ लाख रूपैयाँ बराबरको छ हजार ५६५ ग्राम निकासी भएको छ। यस्तै, एक करोड ७३ लाख रूपैयाँ बराबरको दुई किलोग्राम गहना निर्यात भएको विभागले जानकारी दिएको छ।

यसैगरी, यही अवधिमा नेपालबाट ११ करोड २४ लाख रूपैयाँको चाँदीका गरगहना निकासी भएको देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १६ करोड ८५ लाख रूपैयाँको चाँदीबाट बनेका गहना निकासी भएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!