‘राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि बानेश्वर कता घर छ र ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौंला। बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला। जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासमा बडामहारानीको बास भएको छ। हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौँ। नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो। मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी। विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ। विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहर्यौं। तर हाम्रा कुरा कसैले पनि सुनेनन्। आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ।‘
गोरखामा रामकुमारीले भनेको यही रहेछ। उनले भनेको यही आधारमा खड्गप्रसादको अखिल नेपाल महिला संघले ‘राष्ट्रपतिको नारी अस्मिता’ माथि आक्रमण भएको भन्दै रामकुमारीलाई तुरून्तै पक्राउ गरी कारबाही गर्न मागपत्र प्रस्तुत गर्यो। मागपत्र बुझ्दै खड्गप्रसादले भने, 'उनीमाथि कडाभन्दा कडा कारबाही हुन्छ।'
खड्गप्रसादले प्रहरीलाई ठाडो आदेश दिए, 'झाँक्रीलाई पक्राउ गर्नु।... जसरी पनि पक्राउ गर्नु ।'
अब प्रहरीलाई आपत पर्यो, गोरखामा बोलेकै आधारमा त पक्राउ गर्न मिल्ने नै थिएन। त्यसपछि उसले अर्कै संहिता, कसुर र दफाको जोहो गर्यो । त्यो संहिता थियो- मुलुकी (अपराध) संहिता, कसुर थियो- राज्यविरूद्धको कसुर र दफा थियो- ५८।
यो दफाले भन्छ,
‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानूनबमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन । ’
यही दफा लगाएर खड्गप्रसादको हुकुम तामेली गर्यो प्रहरीले। तर, रामकुमारी सत्यको पक्षमा भएकाले उनको पक्ष यति बलशाली भयो कि ६ घण्टा पनि प्रहरी हिरासतमा राख्न सकिएन। उनलाई जेल पठाउने त धेरै टाढाको कुरा भयो। खड्गप्रसादका केही हनुमानहरूले पीर पर्दै लेखे, ‘प्रहरीले दिनभर हिरासतमा राखेर साँझ उनलाई श्रीमान् पशुपति पुरीको जिम्मा लगाइदिएको थियो ।‘ अझ अगाडि बढेर अर्को हनुमानले यस्तो पनि लेख्न भ्यायो, ‘ चरित्रमाथिको धावाले कानुनी झमेलामा फसिन् रामकुमारी’ ।
यी हनुमानहरूको एउटै आशय थियो, रामकुमारी कायलनामा गरेर छुटिन्। उनलाई श्रीमानले जमानतमा छुटाए। अर्थात् सोझो भाषामा भन्दा रामकुमारीले गल्तीप्रति माफि मागिन् र छुटिन्।
के यथार्थ त्यस्तो हो त ? के रामकुमारीले गल्ती गरेकै हुन् ? के उनी माफी मागेर, कायलनामा गरेरै रिहा भएकी हुन्?
रामकुमारीको स्वभाव नबुझ्ने, उनको विगत थाहा नपाउने र आफ्ना मालिकहरूको उछितो काढी भनेर चिढचिढाउने खड्गप्रसाद र विद्यादेवीका हनुमानहरूलाई त्यस्तो लाग्दो हो । तर, जसले उनको जोधाहा स्वभाव र संघर्षशील विगत थाहा पाएका छन्, उनीहरूले रामकुमारीले त्यस्तो गर्छिन् भन्ने पत्याउने त के, अनुमान पनि गर्न सक्दैनन्।
रामकुमारी नेपाली राजनीतिकी एक भुँइमान्छे हुन्। कुनै नेताको वैशाखी बिना आफ्नो बलबुताले आजको स्थानमा पुगेकी रामकुमारी नेपालको लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनको इतिहासकै एक नमेटिने पाना हुन्। आजको व्यवस्था ल्याउन उनको ठूलो योगदान छ । ४६ सालको होस् वा ६२-६३ सालको, दुबै आन्दोलनमा टाउकोमा कात्रो र हत्केलामा जीवन लिएर सडकमा निस्केका चुनिदा अनुहारमध्येकी एक हुन् रामकुमारी। खाउँखाउँ लाउँलाउँ भन्ने कलिलो उमेरमै अखिलको विद्यार्थी राजनीतिमा प्रवेश गरेर वाम राजनीतिको वन वे हाइवेमा छिरेकी रामकुमारी आज पनि त्यही जोश र जाँगरका साथ मूल्य, मान्यता र पद्धतिका लागि लडिरहेकी छिन् ।
रामकुमारी एमालेमा हुँदा होस् नेकपामा, सधैं पार्टी पद्धति नै भनिरहेकी छिन्। उनको यही सत्तिसाल अडानका साथ गुटमा रमाउने पार्टीका सबै ठूला नेता उनीसँग डराउँछन्। उनी कुनै नेताको पनि 'गुड बुक'मा छैनन् किनकि उनी नेता हैन, नीतिप्रधान हुनुपर्छ भनेर नीति गौढ पार्ने नेतालाई धारेहात लगाइरहेकी हुन्छिन्। यही अडान नै रामकुमारीको सम्पति पनि हो। यही अडानकै कारण उनी पार्टीको युवापंक्तिमा लोकप्रिय छिन्। नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानका कारण विपक्षी पार्टीका नेता कार्यकर्ता पनि उनको सम्मान नै गर्छन्।
रामकुमारी नेपाली राजनीतिकी एक भुँइमान्छे हुन्। कुनै नेताको वैशाखी बिना आफ्नो बलबुताले आजको स्थानमा पुगेकी रामकुमारी नेपालको लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनको इतिहासकै एक नमेटिने पाना हुन्। आजको व्यवस्था ल्याउन उनको ठूलो योगदान छ । ४६ सालको होस् वा ६२-६३ सालको, दुबै आन्दोलनमा टाउकोमा कात्रो र हत्केलामा जीवन लिएर सडकमा निस्केका चुनिदा अनुहारमध्येकी एक हुन् रामकुमारी।
रामकुमारीको अर्को विशेषता पनि छ, त्यो हो खड्गप्रसाद र विद्यादेवीको चर्को आलोचक हुनु। नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याउन यी दुईको योगदान पनि नभएको र त्यसपतिको प्रतिवद्धता पनि नभएको रामकुमारीलाई लाग्छ। यी दुईको पछिल्लो चरित्र र व्यवहारले नेपालको कम्युनिष्ट आन्दोलन अपमानित मात्र भएको हैन कि एक किसिमले रसातलमा पुगेको उनको बुझाइ छ। आफूले टाउको फुटाएर ल्याएको यो व्यवस्थाबाट जनताको अवस्था परिवर्तन गर्न यी दुईको कोटरी बाधक बनेको उनको ठम्याइ छ र त्यसपति उनको तीब्र असन्तुष्टी र आक्रोश पनि छ।
त्यही आक्रोश पोख्ने क्रममा उनी सुरूदेखि नै विद्यादेवीका लागि 'भोकल' नै छिन्। खड्गप्रसादको पछिल्लो कदमले उनलाई अरू चिढाएको छ। हुन त उनी माधव नेपाल र प्रचण्डको क्रियाकलापबाट पनि सन्तुष्ट छैनन्। तर, उनीहरू पद्धतिको कुरा गरिरहेकाले ओलीभन्दा उन्नाइस हुन् भन्ने उनको ठम्याइ हो। ओलीप्रवृति प्रमुख शत्रु रहेकाले त्यसको विरुद्ध लड्न प्रचण्ड-माधव पक्षमा लाग्नु उनको बाध्यता पनि बनेको छ।
तर, उनले आफ्नो मिशन छोडेकी छैनन्। उनले पछिल्लो जनसभामै प्रचण्ड र माधवलाई ओलीप्रवृति नदोहोर्याउन प्रतिवद्धता व्यक्त गर्न लगाइन्। सत्य र समयको बोली भएकाले प्रचण्ड र माधवले पनि कुनै ढिलाइ नगरी ओलीप्रवृति नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरे।
केही मानिस भन्छन्, रामकुमारी पद नपाएकाले विद्रोही बनेकी हुन्। पद पाएपछि उनी पनि आफ्ना नेता घनश्याम र योगेश जस्तै हुने हुन्। हो, रामकुमारीले पद पनि नपाएकै हुन्। उनलाई पहिलो र दोस्रो संविधानसभामा टिकट नै दिइएन, पछिल्लो चुनावमा पनि उनलाई प्रत्यक्ष निर्वाचनको टिकट नदिएर समानुपातिकमा खुम्च्याइयो। उनी मन्त्री बन्ने हैसियत पनि राख्छिन् । त्यसका लागि उनको योगदान पनि पुग्छ र समावेसी नेपालको चित्र बनाउने हो भने उनी डिजर्व पनि गर्छिन्। तर, विडम्वना उनी कुनै पनि गुटका ठूला नेताको गुड बुकमा नभएकाले अवसरबाट बञ्चित हुँदै आएकी छिन्। अब पद पाएकी भए के गर्थिन् ?, अहिलेलाई उनी पनि भ्रष्ट हुन सक्थिन् भनेर अनुमान मात्र गर्ने हो। यसको आधार अरू सबै उस्तै भए भन्ने हो । तर, उनी अपवाद पनि हुन सक्थिन् । किनकि, रामकुमारीको विगत र उनको स्वभाव अरूभन्दा फरक नै छ।
अब रह्यो, रामकुमारीले बोल्न पाउने कि नपाउने भन्ने कुरा ? खड्गप्रसाद र विद्यादेवीका अनुयायीबाहेक सबै जोड र कोणका मानिसले एक स्वरले भनेका छन्, ‘रामकुमारीले बोल्न पाउँनुपर्छ।‘
पञ्चायतको अन्तिम समयमा त्यतिबेला संविधानले बोल्न प्रतिवन्ध लगाएको बेला त पम्फादेवीविरूद्ध बोल्ने रामकुमारीलाई उनले नै टाउकोमा कात्रो बाँधेर ल्याएको गणतन्त्रमा विद्यादेवीका विरूद्ध बोल्न पाउँदिनस् कसरी भन्ने ? जबकि अहिलेको संविधानलै नै अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरेको छ। अझ त्यतिबेला त पम्फादेवीको कुनै घोषित जवाफदेहिता नै हुदैनथ्यो, तैपनि उनका विरूद्ध ‘पम्फादेवी... लु’ हो सम्मको नारा लागेको थियो। सडकमा लागेको यो नारा रामकुमारी आफैंले फगाउने खालको थिएन र लगाइनन् पनि होला । तर, उनले नापेको सडकमा यो नारा घन्किएको थियो। त्यतिबेला यी खड्गप्रसादका अनेमसंघवाला भूमिगत भएर पम्फादेवीको नारी अस्मितामाथि धावा बोलिरहेका थिए होलान्।
अहिलेकी विद्यादेवीको त कुरै अर्कै छ । उनी त नेपालको राष्ट्रपति हुन् नेपालको संविधानको रक्षक र परिपालक हुन् । तर, उनी आफ्नो गरीमा र संवैधानिक दायित्व बिर्सेर रामकुमारीकै भायामा खड्गप्रसादको 'प्यादा' भएर संविधानको चीरहरणमा सहभागी छिन्। शीतल निवासलाई खड्गप्रसाद गुटको कार्यालय बनाएकी छिन् । थेसिसमा के गरिन् भन्दा पनि एन्टी थेसिसमा के गरिनन् भन्ने अवस्था छ। यस्तो अवस्थामा त सबैले बोल्नुपर्छ पो भन्नुपर्ने हुन्छ। बोलिरहेकी रामकुमारीको पनि उल्टै मुख थुन्नुपर्छ भनेर त कसरी भन्न सकिएला र ?
आज रामकुमारी मात्र हैन, हरेक नेपाली विद्यादेवीविरूद्ध बोल्नुपर्ने बेला भएको छ। उनका कर्म र क्रियाकलाप नै उनीविरूद्ध बोल्न आमन्त्रण गरिरहेका छन्। उनले राष्ट्रपतिको गरीमालाई शोभा दिने काम गरेकै छैनन्, बालुवाटार र शीतलनिवासको सीमालाई उनले बुझेकै छैनन्। मध्यरातमा बालुवाटारका लागि शीतल निबास खुल्ला हुन्छ? त्यो त राष्ट्रपतिको निबास र कार्यालय होला नि ? त्यसको पनि खुल्ने र बन्द हुने समय हुँदो हो ? यतिसम्म त हेक्का राख्नुपर्ने होला नि । कि यो पनि लोकले नदेखी आँखा छोेपेर बसिदिनुपर्ने हो।
रह्यो, रामकुमारीले गोरखामा बोलेको कुरा र त्यसविरूद्ध उनलाई लगाइएको मुलुकी (अपराध) संहिता राज्यविरूद्धको कसुरको दफा ५८ को कुरा । यी दुई बीच त कुनै गोरू बेचेको साइनो पनि देखिदैन।
अहिलेकी विद्यादेवीको त कुरै अर्कै छ । उनी त नेपालको राष्ट्रपति हुन् नेपालको संविधानको रक्षक र परिपालक हुन् । तर, उनी आफ्नो गरीमा र संवैधानिक दायित्व बिर्सेर रामकुमारीकै भायामा खड्गप्रसादको 'प्यादा' भएर संविधानको चीरहरणमा सहभागी छिन्। शीतल निवासलाई खड्गप्रसाद गुटको कार्यालय बनाएकी छिन् । थेसिसमा के गरिन् भन्दा पनि एन्टी थेसिसमा के गरिनन् भन्ने अवस्था छ। यस्तो अवस्थामा त सबैले बोल्नुपर्छ पो भन्नुपर्ने हुन्छ।
त्यसका लागि फेरि एकपटक रामकुमारीले बोलेको कुरा र उनीविरूद्ध लगाइएको दफा र आरोप भिडाएर हेरौं ...
‘राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि बानेश्वर कता घर छ र ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौंला। बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला। जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासमा बडामहारानीको बास भएको छ। हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौँ। नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो। मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी। विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ। विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहर्यौं। तर हाम्रा कुरा कसैले पनि सुनेनन्। आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ।‘
यही थियो, रामकुमारीले गोरखामा बोलेको कुरा ।
...........
‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानूनबमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन । ’
यो चाँहि हो, रामकुमारीविरूद्ध लगाइएको मुलुकी (अपराध) संहिता राज्यविरूद्धको कसुरको दफा ५८ को व्यवस्था।
अब तपाई नै भन्नुहोस्, यो कतै मिल्छ ?
जब कतै मिल्दैन भने ‘.....शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि बानेश्वर कता घर छ र ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ’ भन्दा कसरी राष्ट्रपतिलाई धम्की हुन्छ ?
अझ अगाडी बढेर नारी अस्मिताको कुरा उठ्छ? आखिर बाल्कोट भन्ने बित्तिकै किन विद्यादेवी र खड्गप्रसाद अनि उनका अनुयायीहरूको टाउको दुख्छ ?
उनीहरूको टाउको दुखे सिटामोल खाँदै गरून्, यो उनीहरूको कुरा भयो। तर, अभिव्यक्ति स्वतन्त्रताका पक्षपातीहरूले संसारभरबाट एकैस्वरमा भन्नुपर्छ, ' रामकुमारीहरूले बोल्न पाउँनुपर्छ।' किनकि, रामकुमारी आफैं बोलेकी हैनन्, विद्यादेवीका कर्म र क्रियाकलापले नै उनलाई बोल्न निम्ता दिएका हुन् ।