बिएल संवाददाता
प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई शंखमुलस्थि निवासबाटै पक्राउ गरेको हो।
यसअघि महाशाखाले सोधपुछका लागि झाँक्रीलाई बोलाएको थियो। तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन्।
महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै झाँक्रीलाई पक्राउ पूर्जी थमाएको थियो ।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विरोध गर्दै आएकी नेत्री झाँक्रीलाई भिआईपी–भिभिआइपीहरुलाई गाली गलौज गरेको भन्दै गृहमन्त्रालयको निर्देशनमा प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो।
गत बुधवार नेकपा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेत्री झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापनपत्र बुझाएको थियो।
गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी दिइएको छ।
बिहीबार झाँक्रीको निवास शंखमुलमा पुगेर प्रहरीले राज्यविरूद्धको कसुर गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी थमाएको हो।
महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएको हो।
नेकपा प्रचण्ड समूहकी युवा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनकै निवासमा नाराबाजी भएको छ।
बिहीबार झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित घरमै प्रहरी पुगेपछि प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन्।
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिपक थापाले सोधपुछका लागि झाँक्रीलाई बोलाएका थिए।
पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विरोध गर्दै आएकी नेत्री झाँक्रीलाई भिआईपी–भिभिआइपीहरुलाई गाली गलौज गरेको भन्दै गृहमन्त्रालयको निर्देशनमा प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया