शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ।
मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो।
यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरुलाई कोभिड खोप लगाउन आग्रह गरेको थियो।
खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरिसकेको छ।