टाई नलगाउँदा न्युजिल्याण्डमा एक सांसदलाई संसद भवनबाट बाहिर निकालियो

ROBERT KITCHIN/STUFF

टाई नलगाएर संसद भवनभित्र प्रवेश गरेका न्युजिल्याण्डका एक आदिवासी सांसद राविरी वेइटिटीलाई यहाँका सभामुखले संसद भवनबाट बाहिर निकालि दिएका छन्।

न्युजिल्याण्डमा कसैले सरकारी मन्त्रीसँग प्रश्न गर्दा टाई लगाउनुपर्ने नियम छ। राविरी आदिवासी जनजाती सभासद् हुन्।

 उनी संसद भवनमा लकेट लगाएर आएका थिए।  सभामुख ट्रेभर मलार्डले उनलाई आफ्नो च्याम्बरमा बोलाएर सम्झाउन खोजेका थिए। तर, उनले मानेनन्। यसपछि सभामुखले संसद भवनबाट बाहिर निकाल्ने आदेश दिएका थिए। 

राविरीले सभामुखको व्यवहार सहन गर्न नसकिने बताए। उनले भने, ‘हामी जनजातीको आफ्नै परम्परा छ। जसलाई हामीले प्रेम गर्छो। हामी यही लकेट लगाउँछन्। गुलामीको प्रतिक मानिने टाई लगाउन मलाई स्विकार्य छैन।’

मंगलबार संसदको प्रश्नकाल भइरहेको बेला राविरीले प्रश्न गर्न खोजेका थिए। तर, मलार्डले बीचैमा रोकेर उनलाई बस्न आदेश दिएका थिए। 
गत वर्षपछि संसद सत्र चलिरहेको बेला राविरीलाई नियम उल्लंघन गरेको आरोपमा चेतावनी दिइएको थियो। 

न्युजिल्याण्डमा गत वर्ष संसदीय चुनाव भएको थियो। जसमा जेसिन्डा अर्डर्नको लेबर पार्टीले जित हात पारेको थियो। 

उनी प्रधानमन्त्री नियुक्त भएकी थिइन। संसदमा ४८ प्रतिशत महिला समावेश छन्। मार्च २०२० मा भएको जनगणनामा न्युजिल्याण्डको जनसंख्या करिब ५० लाख देखिएको थियो।


 

प्रकाशित मिति: : 2021-02-09 13:41:00

प्रतिकृया दिनुहोस्