शनिबार, १२ जुलाई २०२५

गैँडाको आक्रमणबाट वृद्धा घाइते

बिएल संवाददाता

बिएल संवाददाता

नवलपुर
2021-02-08 16:54:00
News Image
Nepal bahas
• • •

गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन्।

घाइते हुनेमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी रहेकी छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करीब १०ः३० बजे नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाले आक्रमण गरेको हो। 

घाइते उनको शरीरका विभिन्न भागमा चोट लागेको उनले बताए। 

मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचारपश्चात् थप उनलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको पूहरीले बताउको छ।
    
ब्रह्मस्थान क्षेत्रमा एउटा बूढो गैँडा रहेको र हरेक दिन बिहान नारायणी नदीतर्फ जाने गरेको स्थानीयवासी बताउँछन्।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?