सरकारी गाडी तोडफोड गरेको आरोपमा पार्टी कार्यालयबाट पाँच जना पक्राउ

तेजन खड्का

विराटनगर

सरकारी गाडी तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी कार्यालयबाट पाँच जना लाई पक्राउ गरेको छ।

प्रहरीले तीनपैनी स्थित पार्टी कार्यालयबाट मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित पाँच जनालाई पार्टी कार्यालयबाटै पक्राउ गरेको हो।

प्रहरीले  महानगर संघर्ष समितिका सहसंयोजक  मिरा दाहाल, विराटगनर महानगरपालिका ६ कि वार्ड सदस्य जनप्रतिनिधि चम्पा कार्की, मिना पोखरेल, शारदा मैनाली लगायतलाई पक्राउ गरेको हो । बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दावी छ।

पक्राउ गर्ने क्रममा र पक्राउ गरिसकेर कष्टडीमा राख्दा पनि प्रहरीले आफूहरुलाई कुटपिट र दुव्र्यवहार गरेको नेता पारुल क्षेत्रीले बताए।


 

जनकपुरमा आन्दोलनकारी–प्रहरी झडप, नेता रामचन्द्र झाको टाउको फुट्यो

संवैधानिक परिषद्को नियुक्ती गलतः माधव नेपाल (भिडियोसहित)

विराटनगरमा प्रहरी र युवाहरुबीच टायर तानतान

आमहड्तालको विरोध गर्दै सडकमा उत्रे युवा (फोटोफिचर)

जम्मा ४ जना बस्छन् , ढुँगा हान्न खोज्छन्: यातायात व्यवसायी अर्जुन प्रसाद ढुँगाना

प्रकाशित मिति: : 2021-02-04 14:42:00

प्रतिकृया दिनुहोस्