चुनावपछि बजेट बढ्छ, त्यसपछि खेलकुद क्षेत्र जुर्मुराउँछ– प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी वैशाखमा हुने चुनावपछि खेलकुद क्षेत्रमा बजेट बढ्ने बताएका छन्। कोरोनाका कारण थलापरेको खेलकुद् क्षेत्रलाई माथि उठाउनको लागि बजेटमा वृद्धि गरिने उनले बताए।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित 'खेलकुदसँग प्रधानमन्त्री' कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने , ‘कोरोनाको कारण थला परेको खेलकुद क्षेत्रलाई उठाउनको लागि बजेट वृद्धि गर्नेछौँ। आगामी चुनावपछि खेलकुदमा बजेट कम भयो भनेर कसैले गुनासो गर्नुपर्दैन्।’ 

प्रधानमन्त्री ओलीले कुनै ठाउँमा भौतिक निर्माणको लागि बढी वा कम बजेट गएको होला तर नियमित बजेटमा कुनै कमी आएको नआएको बताए।

स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुदका रुपमा अभिन्न अंग बनाएर लौजानुपर्नेमा प्रधानमन्त्रीको जोड थियो। 

गतवर्ष सम्पन्न १३ औं सागमा असाधारण प्रगति भएकोमा आफूलाई अत्यन्त खुसी लागेको भन्दै उनले भने– ‘आगामी दिनमा खेलाडी छनोटमा थप सुधार गर्नु आवश्यक रहेको छ।’

त्यस्तै ओलीले नेपालको भूगोलअनुसार खेल क्षेत्रलाई विकसित गर्दै लौजाने  पनि बताए।

प्रकाशित मिति: : 2021-02-02 16:57:00

प्रतिकृया दिनुहोस्