संवैधानिक परिषद्को बैठक स्थगित

संवैधानिक परिषद्को बुधबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेपछि परिषद् बैठक पहिलो पटक बोलाएका थिए।

विगतमा विभिन्न संवैधानिक निकायमा परिषद्ले गरेका नियुक्तिको सिफारिस सभामुखले फिर्ता पठाएपछि विवाद उत्पन्न भएको छ।

प्रकाशित मिति: : 2021-02-02 12:34:00

प्रतिकृया दिनुहोस्