किन्ने सुरसारै नभइ कोरोना खाेपकाे आस बाँड्दै सरकार

आयोमेल

काठमाडौँ

पुष्पराज चाैलागाईं

माघ १४ गते भारतले ‘उपहार’ दिएको कोरोना खोप लगाउने अभियान सुरु गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले‘तीन महिनामा सबै नेपालीलाई खोप दिने’ बताए।

अभियानको सुरुवातमा उनले आफ्नो सम्बोधनमा भनेका थिए ‘मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ। कोही पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्नेछ। चाहे हामी अनुदानको रूपमा यो खोप प्राप्त गरौँ जस्तो यसपल्ट हामीले प्राप्त गरेका छौँ, अथवा हामीले किन्न परोस्, हामी हाम्रा देशवासीहरूलाई निःशुल्क, विनाभेदभाव, प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउनेछौँ।”

प्रधानमन्त्रीको त्यो अभिव्यक्तिमा कुनै ‘प्राविधिक कुरा’ समेटिएका थिएनन्। यो अभिव्यक्तिलाई आधार बनाएर खोप विज्ञहरूले भने उनले भनेजस्तै तीन महिनामा सबैलाई खोप दिन नसक्ने टिप्पणी गरे।

त्यसको तीनपछि नै प्रधानमन्त्रीले आफ्नो बोली फेरे ।

शनिवार चितवनमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले भने, ‘कोरोना खोप लगाउने अभियान अगाडि बढिरहेको छ। हामी अबको तीन महिनाभित्र फ्रन्टलाइनमा काम गर्नेहरूलाई खोप दिइसक्ने छाैं, बाँकी जनताले क्रमशः सन् २०२१ भित्र खोप पाउनेछन्।’

उनको पछिल्लो अभिव्यक्तिमा नेपालको खोप पहुँचका केही प्राविधिक पक्ष जोडिएका छन्।

प्रकाशित मिति: : 2021-01-31 20:06:00

प्रतिकृया दिनुहोस्