कैलालीमा एक १८ वर्षिय युवती सामुहिक बलात्कारमा परेकी छन्। युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
किशोरीलाई बलात्कारको अभियोगमा लम्की नगरपालिका १ भुरुवा का २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उमेशसहित ३ जनाले ती किशोरीलाई बलात्कारमा परेको भन्दै पिडतको उजुरीको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको र फरार रहेका एक जनाको खोजी जारी राखेको जनाएको छ।
पक्राउ परेकालाई आवश्यक कारवाही अघि बढाइएको र फरार हरेकाको खोजी भईरहेको प्रहरीले जनाएको छ।