एशियन क्रिकेट काउन्सिलको अध्यक्षमा भारतका जय शाह निर्वाचित भएका छन्। उनले बंगलादेशका नजमुल हसनलाई प्रतिस्थापन गरेका छन्।
शाह भारतीय क्रिकेट बोर्डका सचिव पनि हुन्।
शनिबार एशियन क्रिकेट काउन्सिलले उनलाई नयाँ अध्यक्ष मनोनित गरेको हो।
हाल भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली बिरामी परेका कारण शाहले नै सम्पूर्ण जिम्मेवारी बहन गरिरहेका छन्। गांगुलीको हालै मुटुको एन्जियोप्लास्ट गरिएको थियो।