‘सबैको लागि मानव अधिकार शान्ति र विकासका आधार’ भन्ने मूल नारासहित पत्रकारका लागि आयोजित मानव अधिकार तालिम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासङ्घ लमजुङको समन्वयमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित उक्त दुईदिने तालिम आज सम्पन्न भएको हो।
सो तालिममा लमजुङ र तनहुँ जिल्लाका ४८ पत्रकारको सहभागिता रहेको थियो।
मानव अधिकार मैत्री समाचार सम्बन्धि लेखनमा दक्ष बनाउने उद्देश्यले आयोजित तालीमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
उक्त तालिममार्फत राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईंले मानव अधिकार र राज्यको दायित्व, मानव अधिकारको सिद्धात र अवधारणासँगै मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्य योजनाबारे जानकारी गराएका थिए।
त्यस्तै आयोगका मानव अधिकार अधिकृत टङ्कप्रसाद खनालले मानव अधिकार रक्षाको अवस्था, भूमिका र चुनौतीबारे जानकारी दिदैं भने, 'मानव अधिकारको संरक्षण, प्रवद्र्धन तथा समानता कायम गरी अपराध नियन्त्रण तथा सचेतना जगाउनका लागि पत्रकारलाई तालिम दिइएको थियो।'