ओली नजन्मिँदैका कम्युनिस्ट क्रान्तिकारी कृष्णप्रसाद, जसले आफ्नै बाबुका तमसुक जलाएका थिए

सन्तोष भट्टराई

‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन’ भन्ने प्रधानमन्त्री केपी ओलीकोे अभिव्यक्ति विवादमा मात्रै परेन, अदालतसम्मै पुग्यो छ । उनको अभिव्यक्तिबाट अदालतको अवहेलना गरेको भन्दै रिट दर्ता गरेका छन्, वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा र कञ्चनकृष्ण न्यौपानेले।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सात दिनभित्र ओलीलाई जवाफसहित उपस्थित हुन बिहीबार आदेश दिएको छ।

प्रधानमन्त्री ओलीले सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा छन् । बहसमा कानूनका विद्यार्थी २५ वर्षीय समृत खरेलदेखि ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसम्म सहभागी छन्।

यसपालि काठमाडौं प्रेसको ‘उहिलेको नेपाल; शृंखलामा उनै अधिवक्ता भण्डारीको सोच, संघर्ष र सम्झनालाई प्रस्तुत गरेका छौँ।

प्रधानन्यायाधीश हुने राजाको प्रस्ताव अस्वीकार

राजा महेन्द्रले प्रधानमन्त्री तुलसी गिरिलाई भनेका रहेछन्, ‘यो (कृष्णप्रसाद भण्डारी) मान्छे निडर छ, विद्वान् छ, यसले प्रधानन्यायाधीश नै मागे पनि दिनू।’

कम्युनिस्ट विचारमा अडिग भण्डारीले प्रधानन्यायाधीश पद मात्रै अस्वीकार गरेनन्, बरु सरकारलाई चुनौती खडा गरिरहेका बीपी कोइरालालगायत नेताको राज्यद्रोहसम्बन्धी मुद्दामा बहस गरे।

प्रकाशित मिति: : 2021-01-30 17:39:00

प्रतिकृया दिनुहोस्