बिएल संवाददाता
पर्यटकीय दृष्टिले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा निर्माण भइरहेको हिमालयन ग्रेट ट्रेल (पदमार्ग) निर्माणमा तीव्रता आएको छ।
हालसम्म २६० मिटर सम्पन्न भएको छ भने नागीडाँडाको बुद्धपार्क र सेर्माथाङ दुवैतिरबाट काम शुरु भएकाले यस वर्ष ३०० मिटर सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।
चालू आर्थिक वर्षमा थप एक हजार २७५ मिटर पदमार्ग निर्माण गर्न पर्यटन विभागबाट रु चार करोडमा बोलपत्र स्वीकृति भएको छ। विभागको बजेट भए पनि पालिकाकै रेखदेखमा निर्माण हुने र सम्झौतामा जे–जस्तो उल्लेख भए पनि कामको परिमाणबाट मात्र यकिन हुने विभागका इन्जिनीयर सचिन यादवले जानकारी दिए।
बहुवर्षीय योजनाअन्तर्गत कूल ६० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको र यसका लागि करीब रु तीन अर्ब ५० करोड बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ।
चीनको ग्रेटवालको झझल्को दिने खालको उक्त पदमार्ग आकर्षक र मनमोहक देखिन्छ। कडा चट्टानको ढुङ्गा काटेर इँटा आकारमा तयार गरी निर्माण गरिने हुँदा खर्चिलो हुनाका साथै बढी समय पनि लाग्ने गरेको छ।
सिमेन्टको जोडाइमा दुई मिटर चौडाइको सिँढी तयार गरी दुवैपट्टि ६० सेन्टीमिटरको पर्खाल निर्माण गरिएको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताए।
निर्माणको पहिलो रुटमा हेलम्बु गाउँपालिका–१ स्थित नागीडाँडा, बुद्धपार्क, सेर्माथाङ, ज्योमोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै गाङजाला भञ्ज्याङमा टुङ्गिनेछ।
दोस्रो रुटमा हेलम्बु–६ को घोप्टेघ्याङ, पाकेडाँडा, ढाडेपार्टी सेमिमिदाङ हुँदै गाङजालामै टुङ्गिनेछ। दुवैतिरबाट काम शुरु भएको पदमार्ग अन्तिम विन्दुमा पुगेपछि अर्ध चन्द्राकारको हुनेछ। सम्पन्न भएपछि प्रख्यात धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड आवतजावतमा समेत सहजता हुने विश्वास गरिएको छ। रासस
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया