शनिबार, २३ अगस्ट २०२५

कोरोनाकालमा उदाएकी बाल समाजसेवी ‘प्रेन्शा’

देखापढी

देखापढी

काठमाडौँ
News Image
• • •

उमेर हेर्दा भर्खरै आठ वर्ष। तर, उनको काम हेर्दा र कुरा सुन्दा एक परिपक्व मानिसको जस्तो।

पोखरा-१७ बिरौटाकी आठ वर्षीया प्रेन्शा रेग्मी सामाजिक कार्यमार्फत् देश विदेशमा आफ्नो छुट्टै परिचय बनाउन लागेकी छिन्। 

सामाजिक कार्यमा लागेको उनीसँग लामो अनुभव भने छैन। यद्यपि, उनी लामो अनुभवी जसरी अगाडि बढिरहेकी छिन्।
 
पोखराको शिशु निकेतनमा कक्षा ३ मा अध्ययनरत उनले सामाजिक कार्यका लागि शनिबारको दिन छुट्याएकी छिन्। “अहिले त म आफ्नो करिअर बनाउनतिर लागेकी छु। खाली समय मिलाएर आफूलाई राम्रो लागेको काम गर्दै आएकी छु,” प्रेन्शाले भनिन्।

गत वर्षको चैतमा जब कोरोना महामारी सुरू भयो, त्यही उनले सामाजिक कार्यको सुरूआत गरेकी थिइन्। लकडाउनको समयमा उनलाई फुर्सद पनि मिल्यो, र समाजका लागि केही गर्नुपर्छ भन्‍ने लाग्यो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!