भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) अध्यक्ष सौरभ गागुलीको मुटुमा दुईवटा स्टेन्ट राखिएको छ। मुटु दुःखेपछि अस्पताल भर्ना गरिएका गागुलीको बिहीबार एन्जियोप्लास्ट भएको हो।
उनको मुटुको आर्टरीमा दुई वा स्टेन्ट लगाइएको हो। गागुलीको स्वास्थ्य २ जनवरीमा बिग्रिएको थियो। उनलाई हद्यघात भएपछि अस्पताल भर्ना गरिएको थियो। २५ दिनको अन्तरालमा उनको दोस्रो पल्ट एन्जियोप्लास्ट भएको हो। यसअघि पनि उनलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार दिउँसो अस्पताल पुगेर गागुलीको स्वास्थ्यको जानकारी लिएकी थिइन। मार्कसवादी कम्युनिस्ट पार्टीका सिनियर नेता अशोक भट्टचार्यले पनि अस्पताल पुगेर गागुलीको स्वास्थ्य अवस्था अवलोकन गरेका थिए।
गागुलीको एन्जियोप्लास्टमा संलग्न चिकित्सक डाक्टर देवी शेट्ठीले पूर्व कप्तानको स्वास्थ्यमा हाल कुनै समस्या नरहेको बताएका छन्।