नागरिक समाजमाथिको दमन, पञ्चायती व्यवस्थाको झल्को !          

ओम आचार्य

काठमाडाै‌ं

नेपाल अहिले संघीय गणतान्त्रिक मुलुक हो। यहाँ प्रजातन्त्र छ। नागरिक अधिकार छ। संविधानमा मौलिक हक़ अधिकारसहितको व्यवस्था छ। लिखित दस्तावेजमा यस्तै भनिएको छ तर व्यवहार र प्रयोग त्यस्तो छैन।

सरकारले गरेको संविधानको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै अस्ति नागरिक समाजबाट गरेको विरोध र्यावलीमा गरिएको प्रहरी दमनले सरकार संविधानविरुध्द अगाडि बढेको देखिन्छ। सरकारबाट गरिएका अनियमित र असंवैधानिक अलोकतान्त्रिक कदमहरुको विरोध गर्न पाउने र जनतालाई सुसूचित गराउने हक़ र अधिकार अहिलेको संविधानले दिएको छ। यो अधिकारमा नियन्त्रण र संकुचन गर्न अहिलेको सरकार लागेको छ।

अहिलेको सरकारको शासनशैली, सरकारको प्रस्तुति र अभिव्यक्तिले पञ्चायतकालको स्मरण गराउदै छ। पञ्चायतकालमा पनि पञ्चायत नीति तथा जाँचबुझ समिति र गाउँफर्क जस्ता अनुदार संस्था भएको पञ्चायतकालको झझल्को दिनेगरी वर्तमान सरकार उभिएको छ।

त्यति खेरको पञ्चायती व्यवस्थाले पञ्चायतको विरोध गर्नेहरु त्यतिखेरका शाशकहरुको विरोध गर्नेहरु सबैलाई 'देशद्रोही, देशविरोधी, प्रजातन्त्रविरोधी' भन्ने गर्थे। अहिले ठीक त्यही भाषा, शैली र शब्दमा प्रधानमन्त्री केपी ओलीले भन्नेगरेका छन्– 'संसद् विघटनको विरोध गर्नेहरु प्रजातन्त्रविरोधी हुन्। लोकतन्त्रविरोधी, जनताविरोधी हुन्। देशद्रोही हुन्।' यसो भनेर  त्यतिखेरको पञ्चायतको स्मरण गराएका छन्। त्यति खेरका शासकजस्तै आफूलाई निरंकुश र अधिनायकको रुपमा आफूलाई त्यसरी परिचित गराउन चाहेको देखिन्छ।

नेकपाभित्र चर्किरहेको दुई समूहको यो द्वन्द्व अहिले अत्यन्त निम्नस्तरमा ओर्लिएको छ। यी दुई समूहमा एकअर्कामा हदैसम्म निकृष्ट रुपमा आरोप–प्रत्यारोपमा प्रस्तुत भएका छन्। यिनीहरुमा एकअर्कामा निन्दा, वाणीहिंसामा ओर्लिएका छन्। र, यसैको परिणति हो। प्रधानमन्त्रीको संसद् विघटनको विरोध गर्ने जनविरोधी, प्रजातन्त्रविरोधी र देशद्रोही हुन् भन्ने अभिव्यक्ति।

वाणी–हिंसासम्म आइसकेको नेकपाले योभन्दा अगाडिको हिंसामा नपुगुन्, यिनीहरुको अहिलेको वाणी द्वन्द्व र वाणी हिंसाले भौतिक हिंसासम्म आउन सक्छन कि ? यसो नहोस्।

प्रधानमन्त्रीको संसद् विघटनको रक्षामा  बोल्नुभएको शब्द अब नेकपा मात्रैले यसको चोट नबोक्ने भएको छ। प्रधानमन्त्रीको संसद् विघटनको रक्षामा दिएको अभिव्यक्ति संसद् विघटनको विरोध गर्ने देशद्रोही, जनविरोधी र प्रजातन्त्रविरोधीको संज्ञा दिइरहँदा हाल नेपालमा रहेका सबै राजनीतिक दलहरुले यो अभिव्यक्तिको चोट र प्रहारबाट पीडित पक्कै भएका छन्। र, सबैभन्दा बढी चोट र प्रहार नेपाली कांग्रेसमा परेको छ। 
नेपाली कांग्रेसले यो संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको हुँदा नेपाली कांग्रेसमाथि पनि यो प्रहार हो। नेपाली कांग्रेसले यसरी बुझेको छ। यसैको जवाफमा प्रेस विज्ञप्ति निकालेर यस्को जवाफ दिइसकेको छ।

अहिले प्रधानमन्त्री केपी ओली नेकपाभित्रको प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहलाई मात्र हैन, अन्य राजनीतिक दलहरु र त्यसमा पनि नेपाली कांग्रेसलाई पनि उत्तेजित गराउने गरिआएको यो अभिव्यक्तिले आन्दोलन र उग्ररुपमा ल्याउन अभिप्रेरित गर्ने र उक्साउने देखिन्छ। यसले मुलुक पुन: द्वन्द्वमा आउनसक्ने वातावरण ल्याउन सरकार आफैँ अग्रसर देखिन्छ।

पशुपतिमा प्रधानमन्त्रीको संकल्प पूजालाई लिएर समाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणी आइरहेको छ। केही समयपूर्वदेखि प्रधानमन्त्रीले आध्यात्मिक  विषयमा प्रवेश गर्दै आफ्नो विचार पनि सम्प्रेषित गरिरहनुभएको छ। यसै क्रममा राम जन्मभूमिको विषयमा पनि दिएको अभिव्यक्ति पनि चर्चामा छ।

हिन्दु धर्ममा सबै हिन्दु धर्मावलम्बीहरुमा आफ्नो मोक्ष मार्गलाई खुला राख्दै चाहे जस्तोसुकै अपराधी किन नहोस् या सरकारबाट दण्डित या समाजबाट अपहेलित किन नहोस्, ऊ या उसको परिवारले पापमोचनका लागि, मोक्षका लागि कुनै पनि पूजा अनुष्ठान या भागवत पुराण लगाएर परिवारको कल्याण र मानसिक सन्तुष्टिको लागि गर्नसक्छ। हाम्रो हिन्दु धर्मले रोकेको छैन र यस्मा अन्य धर्मको तुलानात्मक रुपमा उदार देखिन्छ।

सामान्यतया पशुपतिमा कुनै पनि पुजा अनुष्ठान या संकल्प पुजा विशेष अवस्थामा मात्रै गर्ने प्रचलन छ र त्यो पनि मानिस आफ्नोप्रतिकूल समय चल्दा आफूमाथि संकट र बाधाहरु आइपर्दा त्यस्ता समनको लागि पशुपतिको शरणमा पुग्नेगरेको छ। प्रधानमन्त्रीको पशुपतिमा गरिएको संकल्प पूजालाई पनि यसरी नै लिनु उचित र राम्रो देखिन्छ। पशुपतिमा पूजा र अनुष्ठान या संकल्प–पूजा सामान्यतया मार्केश दशा र मारक प्रभाव पर्दा त्यस्तो पूजा गर्ने सल्लाह सुझाव धर्मका पुरोहितहरु र ज्योतिषहरुले परामर्श दिनेगरेका छन्। यसको मूल कारण यो पनि हो कि पशुपति महामृन्जय पनि हुन्।

अहिले नेकपामा बढिरहेको विग्रह र प्रधानमन्त्रीको लोकप्रियतामा ह्रास आइरहेको छ। अब हिन्दु राष्ट्रका लागि मनःस्थिति बनिरहेको छ। देशमा हिन्दुराष्ट्र विचारकले यसलाई सकारात्मक रुपमा लिउन् र आफूप्रति सद्भाव राखुन् भन्ने अर्थमा पनि लिइरहेका छन्– प्रधानमन्त्रीले। ओलीले प्रधानमन्त्री हुँदा लिएको सपथ नै उनेको अन्तस्करणभित्र हिन्दु धर्म प्रती कति श्रध्दा रहेछ भन्ने उनले पशुपतिमा गरेको पूजाले पुष्टि गर्छ।

प्रकाशित मिति: : 2021-01-28 19:14:00

प्रतिकृया दिनुहोस्