‘ओलीका दुईतिर दुई ढेडु बाँदरः रामबहादुर र टोपबहादुर !’

Breaknlinks
Breaknlinks

नेकपा स्थायी समिति सदस्य  वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी  जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकामा पनले आपत्ति जनाएका हुन् ।

 पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले ओलीलाई आग्रह गरे । ‘जसका कारण तपाईं दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो’, नेकपा प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध बिहीबार बुटवलमा गरेको विरोधसभामा ओलीको नाम लिँदै पुनले भने, ‘जसको योेगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्की ?, उही बाँदर ?’ 

प्रकाशित मिति: : 2021-01-28 17:16:00

प्रतिकृया दिनुहोस्