कोरोनाकालमा सबैभन्दा बढी कमाई बार्सिलोना क्लबको 

कोरोना भाइरसका कारण विश्वका २० ठूला क्लबले २०१९–२० को सिजन ठूलो घाटा बेहोर्नुपरेको छ। यो सिजन पनि यी क्लबमा कोरोनाको असर देखापर्ने भविस्यवाणी गरिएको छ। २०२०–२१ को सिजन ठूला क्लबको आम्दानीमा करिब २ हजार मिलियन युरो कम हुनसक्ने आँक्लन गरिएको छ। 
कोरोनाको प्रभावका बीच पनि लिओनल मेसीले प्रतिनिधित्व गरेको बार्सिलोना क्लबले सबैभन्दा बढी ७१५ दशमलव १ मिलियन युरो आम्दानी गर्न सफल भएको छ। 
डेलोइट कन्सलटेन्सीको बार्षिक अध्ययनअनुसार क्रिस्टियानो रोनाल्डो उपस्थित रहेको इटालियन क्लब युभेन्ट्सले ३९७ दशमलव ९ मिलियन युरो आम्दानी गरेको छ। यसको कमाई बार्सिलोनाभन्दा ८० प्रतिशतले घटेको हो तर आम्दानी गर्ने सूचीमा १० नम्बरभित्र यथावत छ। 

अध्ययन रिपोर्टले रंगशालामा दर्शकको अनुपस्थितिले सबैभन्दा बढी नोक्सानी खेप्नुपरेको छ। आम्दानीको हिसाबले बार्सिलोनापछि स्पेनकै क्लब रियल म्याड्रिड दोस्रो नम्बरमा छ। उसले गत सिजन ७१४ दशमलव ९ मिलियन युरो आम्दानी गरेको छ। 

तेस्रोमा जर्मनी क्लब बायर्न म्युनिख छ। उसको कमाई ६३४ दशमलव १ रहेको छ। चौथोमा म्यानचेस्टर युनाइटेडले ५८० दशमलव ४ मिलियन युरो कमाएको छ। पाँचौमा लिभरपुलले ५५८ दशमलव ६ मिलियन युरो कमाई गरेको छ। 

यस्तै, म्यानचेस्टर सिटीले छैटौंमा ५४९ दशमलव २ मिलियन युरो कमाएको छ। सातौंमा पिएसजीको कमाई ५४० दशमलव ६ मिलियन युरो, आठौंमा चेल्सीको ४६९ दशमलव ७ मिलियन युरो तथा नवौंमा टोटेनहामको ४४५ दशमलव ७ मिलियन युरो रहेको छ। 

कोरोनाका कारण सबैभन्दा धेरै घाटा स्पेनिस लिगले उठाउनु प¥यो। ला लिगा क्लबले खेलाडीको तलबमा मात्र ६ सय मिलियन युरो कटौती गर्नुपरेको थियो। यसमा सबैभन्दा बढी घाटा बार्सिलोना र भ्यालेन्सियालाई भयो। बार्सिलोनाले मात्र यो सिजन तलबमा ३ सय मिलियन युरोको कटौती गरेको छ।

प्रकाशित मिति: : 2021-01-28 09:00:00

प्रतिकृया दिनुहोस्