दिल्ली: किसान आन्दोलनकाे उग्ररूप, ८६ सुरक्षाकर्मी घाइते

बिएल संवाददाता

नयाँदिल्ली

एकातिर राजपथमा गणतन्त्र दिवसको तामझाम र अर्कोतिर 'लालकिल्ला'मा किसान-प्रहरीबीच कुटाकुट - याे दृश्य भारतकाे राजधानी दिल्लीकाे हाे। (मंगलबार, दिउँसो)

दिल्लीमा ७२औं गणतन्त्र दिवसकाे राैनक भब्य थियो। देशबासी उत्सवकाे उत्साहमा रमाइरहेका थिए। तर, उहीँ दिल्लीमा हिंसात्मक रुपमा अघि बढिरहेको अर्को दृश्य कहालिलाग्दो देखिन्थ्यो। आन्दोलनरत किसानकाे प्रदर्शनले उग्ररूप लिएपछि दिल्लीमा अशान्ति छायाे। 

महिनाैंदेखि आन्दोलनरत किसान र प्रहरीबीचको झडपमा ८६ जना सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षाकर्मीसँगै किसान पनि घाइते छन्। दिल्लीकाे अक्षरधाम रोड, आईटीओ, मुकरबा चाेकलगायत स्थान दिनभर नै अस्तव्यस्त रहे।

राजपथमा गणतन्त्र दिवसको परेड जारी थियाे। उता, आन्दोलित किसानले ट्रयाक्टर परेड अघि बढाए। 'लालकिल्ला' क्रंश गर्नै लाग्दा, दिल्ली प्रहरीले ट्रयाक्टर परेड राेक्ने प्रयास गर्‍याे। र, त्यतिबेलै सुरु भयाे, प्रहरी र किसानकाे कुटाकुट।

दिल्ली प्रहरी आयुक्त आलोक कुमारका अनुसार सुरक्षाकर्मीले अनुशासन ताेडेकाे भए दिल्लीमा ठूलो दुर्घटना हुन सक्थ्याे। तैपनि दिल्ली प्रहरीका थुप्रै जवान घाइते छन्। जसको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको छ। प्रदर्शन हिंसात्मक बन्दै थियाे। तर, सुरक्षाकर्मी संवेदनशील बनिदिए। उनीहरूले ठूलो तोडफोड गरेका छन्। झपडमा किसानलाई समेत चोट लागेको छ। यद्यपि, केही सुरक्षाकर्मी भने गम्भीर छन्।

केन्द्र सरकारले मार्गहरू पूरा नगर्दा किसान चिन्तित छन्। गणतन्त्र दिवसकै दिन आन्दोलनकारी किसानले ट्रयाक्टर परेडको लागि तोकेको शर्तमा पालना गरेनन्। अन्ततः वातावरण अशान्त बन्याे।

प्रकाशित मिति: : 2021-01-27 07:24:00

प्रतिकृया दिनुहोस्