हाम्राे खाेप नयाँ भेरिएन्ट (काेराेना) विरुद्ध पनि लड्न सक्षम: मोडेर्ना

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकाको औषधी उत्पादक कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले प्रभावकारी रहेकाे दावी गरेकाे छ।

प्रयोगशालमा गरिएको प्रारम्भिक परीक्षणले कोरोनाको नयाँ भेरिएन्ट (प्रकार) विरुद्ध पनि लड्न सक्षम देखिएको मोडर्नाका वैज्ञानिकले बताएका हुन्।

तर यसको थप अध्ययनका लागि मानिसमै परीक्षण गरेर हेर्नुपर्ने उनीहरूको भनाइ छ।

दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ प्रकारका लागि दोस्रो बुस्टर थप गर्ने मोर्डनाले जनाएको छ।

यसअघि सल्लाहकार समूहमा बिहीवार एकजनाले भाग नलिएको मतदानमा मोडेर्ना खोपको लाभले १८ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा जोखिम कम गर्ने पक्षमा शून्यका विरुद्ध २० भोट परेको थियो।

नियामक निकायले मोडेर्ना खोप सुरक्षित र ९४ प्रतिशत प्रभावाकारी देखिएको जनाएको थियो।

क्यानडा सरकारले याे खोपको कुल ५ करोड ६० लाख डोजमध्ये मार्च महिनासम्ममा दुई करोड खोप पाउने योजना बनाएको छ। यूकेले यस अघि नै ७० लाख डोज मोडेर्ना खोप माग गरिसकेको छ।

यूरोपेली सङ्घले गत महिना ८ करोड डोज खोप किन्ने करार सम्झौता घोषणा गरिसकेको छ भने खोप सुरक्षित र प्रभावकारी देखिएमा थप ८ करोड डोज किन्ने पनि बताएको छ।

जापानले ५ करोड मोडेर्ना खोप मगाएको छ।

त्यसैगरी दक्षिण कोरियाले २ करोड मात्रा र स्वीट्जरल्यान्डले ७५ लाख खोप मागेको  छ।
 

प्रकाशित मिति: : 2021-01-26 07:46:00

प्रतिकृया दिनुहोस्