शनिबार, २३ अगस्ट २०२५

‘केपी शर्मा ओली’ र ‘खड्‍गप्रसाद’ एउटै होइनन्!

देखापढी

देखापढी

काठमाडाैं
News Image
• • •

काठमाडौ। ‘केपी ओलीको ‘के’ भनेको खड्‍ग हो।’

यो कुरा प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका एक प्रमुख वक्ताले भनेका हुन्। विरोधसभाका प्रमुख वक्ता थिए- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डका एक अध्यक्ष माधवकुमार नेपाल। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा चोइटिएको छ र त्यसको नेतृत्वमा छन्- पुष्पमकल दाहाल प्रचण्ड, उनको पछि लागेका छन् नेपाल।

नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘के’चाहिँ ‘खड्‍ग’ भएकाले संविधान, लोकतन्त्रमाथि उनले खड्‍ग प्रहार गरेको जिकिर गरे। उनले त्यसको व्याख्यासमेत गरेर पुष्टि गर्ने प्रयास गरे। 

विशेषगरी ओलीको कार्यशैलीप्रति नकारात्मक धारणा राख्‍ने विश्लेषक तथा नेताहरु उनलाई केपी शर्मा ओली नभनेर खड्‍गप्रसाद शर्मा ओली भन्छन्। यो सम्बोधन गर्नेमा साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौला पनि अग्रपंक्तिमा पर्छन्। तर, केपी शर्मा ओली र खड्‍गप्रसाद शर्मा ओली एकै हुन्? के हो उनको वैधानिक नाम?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!