पहिलो राष्ट्रिय अवार्ड जित्दा कंगनासँग लुगा किन्ने पैसा पनि थिएन

बलिउड अभिनेत्री कंगना रनौटले पहिलो राष्ट्रिय पुरस्कार समारोहमा भाग लिन जाँदा आफूसँग राम्रो लुगा लगाउने पैसा पनि नभएको बताएकी छिन्। शनिबार रातीउनले सोसल मिडियामा आफ्नो पुरानो पोस्ट रि–ट्वीट गर्दै यो बताएकी हुन्। 

कंगनाले लेखेकी छिन्, ‘पहिलो नेशनल अवार्ड। योसँग थुप्रै घटना जोडिएको छ। यो सम्मान पाउने म सबैभन्दा कम उमेरको अभिनेत्री थिए। महिलाको मुद्धासँग जोडिएको फिल्मका लागि मैले महिला राष्ट्रपतिबाटै पुरस्कार थापेको थिए। मैले आफ्नो लुगा आफैले तयार पारेको थिए। किनभने यतिबेला विशेष लुगा खरिद गर्नका लागि मसँग पैसा थिएन। मैले लगाएको लुगा पनि खासै खराब थिएन।’

 उनले पोस्ट गरेको फोटोमा तत्कालिन महिला राष्ट्रपति प्रतिभा पाटिल समावेश थिएन। आज कै दिन ११ सालअघि कंगनाले ५६ औं नेशनल अवार्ड प्राप्त मधुर भण्डारकरको फिल्म ‘फेशन’ मा अभिनय गरेकी थिइन्। 

कंगनाले हालसम्म तीनवटा राष्ट्रिय अवार्ड जितेकी छिन्। सन् २००६ मा ‘ग्याङस्टार’ बाट बलिउडमा डेब्यु गरेकी कंगनाले २००८, २०१४ र २०१५ मा राष्ट्रिय अवार्ड जितेकी थिइन्। 

उनले ‘क्विन’ र ‘तनु वेड्स मनु रिटन्र्स’ मा उत्कृष्ट अवार्ड जितेकी हुन। सन् २०२० मा उनलाई देशको चौथो ठूलो अवार्ड पद्मश्रीबाट सम्मानित गरिएको थियो। 

कंगना हाल तमिलनाडुकी पूर्व मुख्यमन्त्री तथा स्वर्गीय जयललिताको बायोपिक ‘थलाइवी’ को सुटिङमा व्यस्त छिन्। उनको अर्को फिल्म ‘धाकड’, ‘तेजस’ र ‘मणिकर्णिका रिटन्र्सः द लिजेन्ड अफ दिद्दा’ पनि रिलिजको तयारीमा छ।

प्रकाशित मिति: : 2021-01-24 15:51:00

प्रतिकृया दिनुहोस्