शनिबार, १२ जुलाई २०२५

‘मायालु हजार हुन्छन्’ बोलको गीतका गायक केसीकाे निधन

News Image
• • •

गायक धुव्र केसीको  निधन भएको छ। ललितपुरको भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा बिहीबार साँझ ७५ वर्षको उमेरमा उनको निधन भएको हो।
 
उनी नायक भुवन केसीका काका हुन्।

केसी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। उनका 'मायालु हजार हुन्छन्', 'नरोउ नरोउ साइली', 'अरु कालो रेलको धुँवाले', 'तिम्रो माया कागजको', 'सबैले भन्छन्', 'नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?', 'बगी जाने खोला' लगायतका गीत चर्चित छन्।

गोपाल योन्जन रचनाकार रहेको ‘मायालु हजार हुन्छन्’ बोलको गीतले गायक केसीलाई चर्चाको शिखरमा पुर्‍याएको थियो।

उनका तीन छोरी छन्। केसीको बिहीबार साँझ पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?