पर्सामा सुरु भयो बालमैत्री शासनसम्बन्धी ३ दिने तालिम

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बालमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम शुरु भएको छ। 

दिपनारायण आदर्श नमुना माद्यामिक विद्यालयमा गाउँपालिकाको सहयोगमा सञ्चालित तालिमको बिहिबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार जैसवालले उद्घाटन गरेका हुन्। 

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जैसवालले बालबालिका राष्ट्रका कर्णधार भएको हुँदा उनिहरुलाई पूर्णरुपमा अधिकारको प्रत्याभुति दिलाउमा गाउँपालिकाले हरसम्भव प्रयासरत रहेको बताए। 

बालअधिकारको सुनिश्चितता गर्ने र गाउँपालिकामा बालबालिकाको क्षमता अभिबृद्धि र व्यक्तित्व विकासका लागी कुनै कसुर बाँकी नराख्ने अध्यक्ष जैसवालको बताए। 

शिक्षा विकास केन्द्र प्रा.लिद्वारा आयोजित तालिमलाई सम्बोधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष फुलमतिदेवी चौधरीले बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउनुपर्नेमा जोड दिइन्। 

तालिममा गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका बाल क्लबका पदाधिकारीहरुको सहभागिता रहेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले जानकारी दिए।

प्रकाशित मिति: : 2021-01-21 17:00:00

प्रतिकृया दिनुहोस्