नागरिकता किर्ते मुद्दामा फरार वडा सदस्यका छोरा पक्राउ

नागरिकता किर्ते मुद्दामा फरार रहेका रौतहटको गढीमाई नगरपालिका वडा नं ६ धर्मपुरका वडा सदस्यका छोरालाई प्रहरीले पक्राउ गरेको छ।

५५ वर्षका महेन्द्र राय यादवलाई उनकै गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-19 21:33:00

प्रतिकृया दिनुहोस्