काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्समाथि दुर्व्यवहार भएको छ।
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आफन्तले मंगलबार डा. सविन भण्डारीमाथि लात्ती प्रहार गरेको नेशनल रेजिडेन्स एसोसिएसनका महासचिव डा. सुमन दाहालले जानकारी दिए।
‘अस्पतालको कोभिड आईसीयूमा खटिएका डा। सविन भण्डारीमाथि दुर्व्यवहार भएको हो,’ उनले भने,‘मृतकका आफन्तले कोरोना नभएका बिरामीलाई कोभिड आईसीयूमा राखेकाले उनको मृत्यु भएको भन्दै लात्ती प्रहार गरेका हुन्।’
उनका अनुसार रुपन्देहीको बुटवलबाट उपचारका लागि आएका व्यक्तिको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो।
निमोनियाका बिरामी भएपनि अस्पतालमा भर्ना गर्ने समयमा उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।
डा. दाहालले भने, ‘इन्फ्लुएन्जाको आशंकामा परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नमुना पठाइएको थियो। सो क्रममा पीसीआर पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।’