भारतमा कोरोनाविरुद्ध खोप लगाएका ५८० मा ‘साइडइफेक्ट’, २ व्यक्तिको मृत्यु

भारतमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनामा नकारात्मक असर (साइडइफेक्ट) देखिएको छ। जसमध्ये ७ जना अस्पताल भर्ना भएका छन्।

साथै खोप लगाएका २ व्यक्तिको मृत्युसमेत भएको छ। खाेप अभियान सुरु भएकाे दिन शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामीकाे मृत्यु भएकाे हाे। 

भारतकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उनकाे पाेस्टमार्टम रिपाेर्ट आउन बाँकी छ। आएपछि मात्र उनकाे मृत्युकाे कारण भन्न सकिन्छ। 

यस्तै उत्तर प्रदेशकाे मुरादाबादमा पनि पहिलाे दिन नै काेराेना खाेप लगाएका ५२ वर्षीय व्यक्तिकाे मृत्यु भएकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। उनकाे चाहिँ खाेप लगाएकाे भाेलिपल्ट मृत्यु भएकाे हाे। 

जारी कोरोनाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत तेस्रो दिन सोमबारसम्म ३ लाख ८१ हजार जनाले खोप लगाएका छन्।
 

प्रकाशित मिति: : 2021-01-19 07:49:00

प्रतिकृया दिनुहोस्