
दक्षिण अमेरिकी देश ब्राजिलमा खोप अभियान सुरु भएको छ। ब्राजिलको नियामक निकाय एनविजाले ब्राजिलले अक्सफोर्ड–एस्ट्राजेनेका र चीनले बनाएको सिनोभाक खोपलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।
ब्राजिलका सबै २७ राज्यमा खोप अभियान आइतबारदेखि सुरु भएको हो। अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने नर्सलाई खोपको पहिलो डोज दिएर खोप अभियान थालिएको हो।
दक्षिण अमेरिकी देशहरुमा खोप अभियान यसअघि नै सुरु भइसकेको छ। कोरोना भाइरसका कारण ब्राजिलमा अमेरिकापछि सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको छ।
अहिलेसम्म दुई लाख ९ हजार ८ सय भन्दा बढि ब्राजिलियनको ज्यान गएको छ। ब्राजिलमा कुल संक्रमितको संख्या ८४ लाख ८८ हजार भन्दा बढि छ।
कोरोना खोप लगाउँदा ‘साइडइफेक्ट’ देखिनेको संख्या ४४७ पुग्यो
भारतमा कोरोनाविरुद्ध खोप लगाउँदा साइडइफेक्ट देखिनेको संख्या ४४७ पुगेको त्यहाँको छ।
मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन शनिबार खोप लगाएकाहरूमा साइडइफेक्ट देखिन थालेका हुन्। त्यस दिन २ लाख जनाले खोप लगाएका थिए।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले सचिव डाक्टर मनोहर अगनानीले आइतबार खोपका कारण साइडइफेक्ट देखिने बिरामीको समस्या सामान्य रहेको दाबी गरेका छन्।
डा. अगनानीका अनुसार साइडइफेक्ट देखिएका बिरामीमा हल्का ज्वरो, टाउको दुख्ने र वाकवाकी लाग्नेजस्ता लक्षण छन्।
बिरामीमध्ये ३ जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको छ। उनका अनुसार उनीहरूमध्ये पनि २ जना डिस्चार्ज भइसकेको र तेस्रा बिरामीको अवस्था पनि अहिले सुधार भइसकेको छ।
१ .
२ .
३ .
४ .
५ .