वन राज्यमन्त्री मण्डलले वनकै जग्गामा पक्की घरको गरे शिलान्यास, बालविवाह काण्ड ताजै 

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले वनकै जग्गामा पक्की घर निर्माणको शिलान्यास गरेका छन्। 

यसअघि १४ वर्षीया बालिकालाई लाखौं रकम दिएर बालविवाह गराइदिएको काण्ड समाप्त नहुँदै राज्यमन्त्री मण्डलले वनकै जग्गामा जनता आवास अन्तरगतको पक्की घर निर्माण गराउन थालेपछि स्थानीय आक्रोशित छन्। 

सिरहाको नरहा ३ स्थित रहेको जोभा प्राकृतिक सामुदायिक वनको करिब चार कठ्ठा जग्गा कब्जा गरी जनता आवासको पक्की घर विना नक्शाकै निर्माण गर्न पुस १५ गते राज्यमन्त्री मण्डलले शिलान्यास गरेका हुन्। 

जहाँ वन ऐन ७६ को दफा ७ बमोजिम वनक्षेत्रमा कुनै किसिमको घर, टहरा, छाप्रो, पक्की घर निर्माण गर्ने गराउने त्यस्ता व्यक्तिलाई ५ वर्ष कैद र १ लाख जरिवाना तोकिएको छ। 

जोभा प्राकृतिक सामुदायिक वन नरहा ३ सिरहाका अध्यक्ष हरि यादवले यो वनक्षेत्रमा पक्की घर निर्माणको लागि राज्यमन्त्री सुरेश मण्डलले स्थानीय केही व्यक्तिलाई प्रोत्साहन गरिएको हो। 

वनको जग्गामा घर बनाउने तथा बनाउन लगाउने मन्त्री होस् तथा देशको जुनसुकै अधिकारीलाई वन ऐन अनुरुप कारवाहीको प्रक्रियामा ल्याउन सरोकारवाला निकायमा उजुरी तथा मुद्दा दायर गर्नुपर्ने कानुन व्यवसायी गुमस्ता यादवले बताए। 


'यसलाई रोक्न प्रदेश २ सरकारमा डेलिगेशन गए। अहिलेसम्म ठोस प्रतिक्रिया आएको छैनु,' अध्यक्ष यादवले बिएल नेपाली सेवासँग भने। 

यसवारे डिभिजन वन कार्यालय लहान सिरहाले मौनता साधेको छ भने  वन अधिकृत सम्पर्कमा आउँन चाहदैनन्। वन अधिकृतिलाई पटकपटक सम्पर्क गर्दा उनले फोन उठाएनन्।

प्रकाशित मिति: : 2021-01-18 09:53:00

प्रतिकृया दिनुहोस्