कम्युनिस्टको 'कमरेड' बिर्सेर ओली किन भन्दैछन् 'केटा'?

नेपाल लाइभ

काठमाडाैं
  • अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दाहिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्‍या थिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छेभन्दा कुरा ठूला छन्। नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे। अब त्यो समस्याको समाधान भएको छ।
  • म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्नँ। हाम्रै प्रदेशमा पनि त्यस्ता देखिएका छन्। दौडी-दौडीकन गएर भोट मागेर ‘यो केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाइदिन्छु’ भनेर, मन्त्री बनाएर, गरियो गरियो… एकदिन त पुक्क लात्तले हानेर भाग्यो। को भनेर यसो हेरेको त उही केटो।कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीका दुई भाषणका अंश हुन्, यी। पुस २४ गते धनगढीमा आयोजित सभा र माघ ३ गते काठमाडौंमा आयोजित नेकपाको प्रदेश १ सम्पर्क कमिटीको कार्यकर्ता भेलामा उनले दुई फरक नेताको आलोचना गर्दै ‘केटा’ शब्द प्रयोग गरे। नाम नलिए पनि सहजै बुझ्न सकिन्छ, पहिलो प्रसंग भीम रावल र दोस्रो प्रसंग योगेश भट्टराईसँग सम्बन्धित छ। रावल र भट्टराई नेकपाका स्थायी कमिटी सदस्य र पूर्व मन्त्रीहरू हुन्।
प्रकाशित मिति: : 2021-01-17 07:58:00

प्रतिकृया दिनुहोस्