दुबै मृगौला फेल भएका मनबहादुरलाई आर्थिक सहयोग

दुबै मृगौला फेल भएर जीवन र मरणको दोसाधमा रहेका रतुवामाई—१० का मनबहादुर श्रेष्ठलाई आर्थिक सहयोग गरिएको छ  । 

विरामीको उपचारका लागि युवा समाजसेवी दीपक श्रेष्ठ र दिनेश भट्टराईको पहलमा देशविदेश रहेका नेपाली दाजुभाईबाट संकलित ७० हजार ८ सय ५६ रुपैंया सहयोग गरिएको हो। 

उक्त रकम रतुवामाई नगरपालिकाका मेयर रवीन राईले मनबहादुरलाई हस्तान्तरण गरे। हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर राईले मानवीय सेवा अन्तरगत देशविदेशबाट सहयोग गर्ने र पहल कदमी गर्ने सबैमा आभार तथा धन्यवाद प्रकट गरे। 

उनले विरामीको स्वास्थ्य लाभको कामना गर्दै हरेश नखान अनुरोध गरे। सहयोग धन हुनेले भन्दा नि मन हुनेले गर्ने बताउँदै मेयर राईले पारिवारिक जिम्मेवारी बोकेर परदेश गएका युवाहरुबाट गाउँको समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग गर्नु सह्रायिन भएको उल्लेख गरे। 

सहयोगका लागि विशेष पहल गरेका दीपक श्रेष्ठले आफूहरुको सानो पहल र अनुरोधले विरामीलाई मल्हमपट्टीको काम हुन्छ भने किन अघि नबढ्ने भनेर सहयोग अभियान थालिएको बताए। 

यसअघि पनि ३७ हजार ७ सय १० रुपैैया हस्तान्तरण गरेको बताउदैं श्रेष्ठले सहयोगीदातामा धन्यवाद ब्यक्त गरे। 

श्रेष्ठले अभियानमा सहयोग पु¥याउन सबैलाई अनुरोध गरे। हस्तान्तरण कार्यक्रममा संजय कार्की,पुस्प थापा,बिदुर बस्नेत,राजन थापा,महेश न्यौपाने, उमेश भट्टराई सन्तोष पुरी लगायतको उपस्थिती रहेको थियो। 

सहयोग रकम पाएपछि मनबहादुरले बाँच्ने आशा पलाएको बताए।

प्रकाशित मिति: : 2021-01-16 18:20:00

प्रतिकृया दिनुहोस्