होटलमा परीक्षा लिइएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानविन थाल्याे

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

पोखरा टुडिँखेलस्थित राष्ट्रिय उच्च माविको कक्षा १२ मा अध्ययन गर्ने एक विद्यार्थीको परीक्षा होटलमा लिइएको विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानविन थालेको छ। 

परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले विद्यालयले घट्नाबारे बोर्डलाई जानकारी दिएको र छानविनको काम चलिरहेको बताए।

“यो अत्यन्तै गम्भीर घटना हो। यो विषयमा छानविनका लागि समिति गठन गरेका छौं। १०/१५ दिनमा छानविन सकिन्छ। त्यसपछि के गर्ने भन्ने निर्णयमा पुग्छौं,” प्रवक्ता अर्यालले भने। 

कक्षा १२ की एक छात्राले अंग्रेजी र पेडागोजी विषयको परीक्षा होटलमा दिएकी थिइन। छानविनको क्रममा शिक्षकहरू शिरिसकुमार बास्तकोटी र घनश्याम रेग्मीले  होटलमा परीक्षा लिइएको स्वीकार गरेका हुन्। रेग्मी परीक्षाको सहायक केन्द्राध्याक्षसमेत हुन्। 

के भएको थियो? 

कक्षा १२ की ती छात्राले पहिले नै अंग्रेजी र पेडागोजीको परीक्षा स्कूलमै गएर दिएकी थिइन। तर, परीक्षा विग्रिएको कारण पुन परीक्षा दिनको लागि सहायक केन्द्राध्यक्ष रेग्मीलाई अनुरोध गरिन। छात्राको अनुरोध सहायक केन्द्राध्यक्ष रेग्मीले स्वीकार गर्दै म मिलाउँछु भने। त्यसपछि ती छात्राले दुवै परीक्षा दिने भइन। सहायक केन्द्राध्यक्ष रेग्मी र अर्का शिक्षक बास्ताकोटीले पुनः परीक्षा लिने विषयमा छलफल गरे र परीक्षा दिनेभए कलेजभन्दा बाहिर जानुपर्ने सुनाए। सरहरूले भनेको कुरा मानेर उनी परीक्षा दिन तयार भइन। मंसिर ११ गते उनी मेजर अंग्रेजी र पेडागोजीको परीक्षा दिन सरहरूसँगै हिँडिन्। 

प्रकाशित मिति: : 2021-01-15 16:36:00

प्रतिकृया दिनुहोस्