पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
तीमध्ये उपत्यकामा काठमाडौं जिल्लामा २२०, ललितपुरमा २३ र भक्तपुरमा ३ जना रहेका छन्।
उपत्यकाबाहिर बाँके र कास्कीमा ३२/३२ जना र नुवाकोटमा ११ जना भेटिएका छन्। संक्रमित भेटिएका अन्य जिल्लामा भने १० जना भन्दा कम छन्।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ।
तीमध्ये २ लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४४२६ रहेको छ। तीमध्ये ११२४ जना संस्थागत आइसोलेसनमा, १५२ जना आईसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ४०५ रहेको छ।
यता कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याेसँगै मृतककाे संख्या १९४३ पुगेकाे छ।