राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन्।

बिहिबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन्।

दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जनाकारी दिएकाे छ।

प्रकाशित मिति: : 2021-01-14 13:28:00

प्रतिकृया दिनुहोस्