चितवन । चितवनको भरतपुर महानगर सातौँ नगरसभा सम्पन्न भएको छ । कोरोनाका कारण देशको आर्थिक अवस्था मजबुद हुन नसक्दा पनि भरतपुर महानगरले राम्रै राजस्व संकलन गर्न सफल भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । यद्यपी गत वर्षको तुलनामा भरतपुर महानगरमा राजस्वमा कमी आएको छ ।
भरतपुर महानगरको सातौ नगरसभामा नगर प्रमुख रेनु दाहालबाट भएको आर्थिक वर्ष २०७७्०७८ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुतिमा कोभिड १९ का कारण पनि राजस्व संकलनमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख छ । २०७७ साल पौष २३ गतेसम्म महानगरपालिको आन्तरिक राजस्व रु २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ संकलन भएको छ ।