नागरिक लगानी कोषका सञ्‍चयकर्ताको रकम ५ महिनादेखि गायब

थाहा खबर

काठमाडौँ

श्याम राई

सेवाग्राहीले नागरिक लगानी कोषमा रहेको खातामा पाँच महिनासम्म आफ्नो रकम जम्मा नभएको गुनासो गरेका छन्। कोषले समयमा पैसा जम्मा नगरिदिँदा सेवाग्राही मारमा परेका हुन्।

थाहाखबरको सम्पर्कमा आएका एक सेवाग्राहीका अनुसार कोषले उनको खातामा चार महिना अघिदेखि रकम राखिदिएको छैन। उनले भने, ‘चार महिनाअघि मैले कोषमा पठाइसकेको पैसा अहिले खातामा गएको छैन।’ यसबारे गुनासो गर्न जाँदा विभिन्न कारण देखाएर झुलाउने गरेकाे उनले बताए।

‘कोषमा दैनिक देशभरबाट यस्ता समस्या लिएर आउने गरेको देखेँ ,’ अर्का सेवाग्राहीले भने, ‘जागिरबाट अवकाश पाएर भुक्तानी लिनेले बैंकमार्फत रकम पाउँछन्। तर छुट रकम लिन फेरि धाउनुपर्ने रहेछ, यो कोरोनाका बेला उपत्यका आउन सजिलो छैन नि’। 

अर्का सेवाग्राहीले पनि ६ महिना बितिसक्दा समेत आफ्नो खातामा पैसा जम्मा नभएको जानकारी दिए। ‘६ महिना बित्दा पनि कोषले अझै मेरो खातामा पैसा हालिदिएको छैन,’ ती सेवाग्राहीले भने, ‘मैले जागिर छाडेपछि कार्यालयको पत्र लिएर पैसाको लागि पहिले पनि गएको थिएँ, फेरि पनि चिठी ल्याउनु भनेर कोषले भनिरहेको छ, अर्कातर्फ बीचको रकम नै खातामा देखिएको छैन।’ 

प्रकाशित मिति: : 2021-01-12 12:06:00

प्रतिकृया दिनुहोस्