'द वर्ल्ड इज नट इनफ'का निर्देशक माइकल एप्टेडको निधन

सन् १९९९ मा प्रदर्शित जेम्स बोण्ड सिरिजको सुपर हिट सिनेमा 'द वर्ल्ड इज नट इनफ'का निर्देशक माइकल एप्टेडको निधन भएकाे छ।

बिहिबार उनकाे निधन भएपनि याे घटना आज सार्वजनिक भएकाे हाे। 

१० फेब्रुअरी १९४१ को दिन आयुलसेबरी, बेलायतमा जन्मेका निर्देशक एप्टेडको निधन गत बिहिबार अर्थात् ७ जनवरी को दिन आफ्नै निबास लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो।

 उनको रहस्यमय निधनको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। लिपिस्टिक, म्यारिड इन अमेरिका वान र टु, इन्जिमा जस्ता चर्चित सिनेमाहरुको पनि निर्देशन गरेका एप्टेड बाफ्टा, अमेरिकन इण्डियन फिल्म अवार्ड जस्ता पुरस्कार बाट पनि पुरस्कृत थिए। 

आसम्मको सबै भन्दा लामो वृतचित्र (ड्क्युमेण्ट्रि) 'अप'का निर्देशक एप्टेड शौखिन गायक पनि थिए।

प्रकाशित मिति: : 2021-01-11 19:55:00

प्रतिकृया दिनुहोस्