३३ सय ९ पीसीआर परीक्षण, ४८८ जनामा कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ३ सय ९ पीसीआर परीक्षण गर्दा उनीहरुमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।

सोमबार ५२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ। 

हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार हाल देशभर १६३ जना कोरोना संक्रमितको आइसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।

प्रकाशित मिति: : 2021-01-11 16:12:00

प्रतिकृया दिनुहोस्