शनिबार, १२ जुलाई २०२५

६७ को स्वाब परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ

बिएल संवाददाता

बिएल संवाददाता

वीरगञ्ज
2021-01-11 12:44:00
News Image
• • •

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्साबाट संकलित ६७ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पर्साका १ पुरुष र १ महिला गरी २ जनामा संक्रमण पुष्ठि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। 

पर्सामा थपिएका संक्रमित वीरगञ्ज महानगरपालिका १३ निवासी ३८ वर्षीय महिला र ४४ वर्षिय पुरुष रहेका छन्। 

डा दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु २१ देखी २५ रहेको छ ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?