राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु

 टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एन्टिबडी परीक्षण सुरु गरेको छ। 

आइतबारदेख पहिलो पटक एन्टिबडी परीक्षण सुरु गरेको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बताए। 

कोरोना संक्रमण भएको थाहा नपाइक कोरोनामुक्त  भए पनि एन्टिबडी परीक्षण गर्दा विगत संक्रमण भए नभएको थाहा पाउन सकिन्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एन्टिबडी परीक्षण सुरु भएसँगै अन्य सरकारी प्रयोगशालामा पनि विस्तार गर्ने राष्ट्रिय प्रयोगशालाले जनाएको छ। 

आइतबारदेखि शुक्रबार बिहान ८ देखि मध्यान्ह १२ बजेसम्म नमुना संकलन गर्ने गरिने छ। एक दिनमा १ हजार जनाको एन्टिबडी परीक्षण गर्न सकिन्छ।

परीक्षण शुल्क १ हजार लाग्ने प्रयोगशालाले जनाएको छ। 

प्रकाशित मिति: : 2021-01-10 21:09:00

प्रतिकृया दिनुहोस्