संसद भवनमा हिंसात्मक गतिविधि गर्ने ट्रम्पका १७ समर्थक पक्राउ

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी संसद भवनमा हिंसात्मक गतिविधिमा संलग्न भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका कम्तिमा १७ जनालाई समर्थकलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।  

अमेरिकी संसद भवनमा बुधबार ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए। सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ।

लगत्तै सरक्षाकर्मीले फेस पेन्टसहित सिङ्गयुक्त ‘ह्याट’ लगाएर उपस्थित भएका व्यक्तिलाई पक्राउ गरिएकाे छ। उनी आधारहिन कन्स्पिरेसी थ्यौरी क्यूएननका फलोअर रहेको जनाइएको छ।

ज्याकोब एन्थोनी चान्स्ली नाम गरेका ती व्यक्ति ज्याक एन्जेलीका रुपमा चिनिन्छन्। उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

उनीविरुद्ध हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोग दर्ता भएको छ। एन्थोनीले आफूलाई क्यूएनन शम्यानका रुपमा चिनाउँछन्।

पक्राउ परेका एन्थोनीले अहिलेसम्म आफूमाथि लागेका अभियोगबारे टिप्पणी गरेका छैनन्।

यस्तै सभामुख न्यान्सी पेलोसीको मञ्च स्ट्याण्ड बोक्दै गरेको देखिएका व्यक्ति पनि पक्राउ परेका छन्। 

उनी फ्लोरिडाका ३६ वर्षे एडम जोन्सन रहेको वासिङ्गटन डिसीका संघीय न्यायाधीवक्ताले बताएका छन्। उनीविरुद्ध सरकारी सम्पतीको चोरी तथा हिंसात्मक रुपमा प्रवेश गरेको अभियोग दर्ता भएको छ।

पक्राउ पर्नेमा वेष्ट भर्जिनियाका सांसद डेरिक इभान्स पनि रहेका छन्। उनले भिडियो अनलाइनमा पोस्ट गरेका थिए।

बुधबार ट्रम्पका सयौं समर्थकहरूले अमेरिकी संसदमा आक्रमण गरी निर्वाचनमा उनको हारलाई उल्ट्याउने प्रयास गरेका थिए। 

राष्ट्रपति निर्वाचित जो वाइडनको विजयलाई प्रमाणीकरण गर्ने संसदको सत्रलाई रोक्ने र संसद भवन कब्जा गर्ने प्रयास उनीहरूले गरेका थिए। 

ट्रम्प समर्थकहरूलाई संसद् परिसरबाट हटाउनका लागि तीन घन्टा संघर्ष गर्नुपरेको थियो। समर्थकहरू संसद भवनका हलवेमा दौडेका थिए र विभिन्न कार्यालयमा पसेर विध्वंस मच्चाएका थिए। 

आक्रमणमा सहभागी भएकाहरुको खोजीका लागि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले सर्वसाधारणसँग सहयोगका लागि अपिल गरेको छ।

सो आक्रमणका लागि उक्साएको अभियोग लागेका राष्ट्रपति ट्रम्पमाथि पुनः महाअभियोग लगाउने तयारी समेत भएको छ।
 

प्रकाशित मिति: : 2021-01-10 08:10:00

प्रतिकृया दिनुहोस्